‘समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक’

Published on

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डो(याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । आज नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहस अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा शिक्षाको लहर विसं २००७ सालको क्रान्तिपछि आएकाले अब समयाअनुकूल शिक्षा दिन सक्नुपर्ने धारणा राख्नुभयो । हाल शिक्षाको अधिकार स्थानीय तहमा रहेकाले शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपुर्ण हुने उहाँकोभ भनाइ छ । कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरुले शिक्षा विधेयकमाथि स्थानीय तहहरुका धारणा र सुझाव राख्नुभएको थियो । विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव शिक्षा विधेयकमा समेट्न विमर्श कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...