इद सद्भाव र पारिवारिक मिलनको पर्व : प्रदेश प्रमुख मियाँ

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको महत्वपूर्ण इद (इद–उल–फित्र) आपसी सद्भाव, भाइचारा र पारिवारिक मेलमिलापको पर्व रहेको बताउनुभएको छ । इद पर्वको अवसरमा आज देश विदेशमा रहनूभएका सबैलाई शुभकामना दिनुहुँदै उहाँले यो खुशी र हर्षोल्लासको पर्व रहेको बताउनुभएको हो । प्रदेश प्रमुख मियाँले इस्लाम धर्मावलम्वीहरुले इद–उल–फित्रलाई रिस, राग, द्वेष बिर्सेर हर्षोल्लासपूर्वक मनाउने गरेको उल्लेख गर्नुभयो ।

पर्वले राष्ट्रिय एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा दिने गरेको प्रदेश प्रमुख मियाँको भनाइ छ । उहाँले इदले सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, समझदारी, समन्वय, मेलमिलाप एवम् भाइचारको भावना बढाउने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्वीको महान पर्व इद–उल–फित्र पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्ने गर्दछ । औंसीपछिको पहिलो चन्द्रमा यो पर्व निर्धारणमा एकदम महत्वपूर्ण हुने गरेको जनाइएको छ । त्यसकारण पनि इस्लामिक रीतिअनुसार रमजानको अन्तिम दिन साँझमा सबैले चन्द्रमा हेर्ने गरेका जनाइएको छ । जब हिजल अर्थात अर्ध चन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तबमात्र रमजान महिनाको कठीन व्रतको समापन र इद उल फित्र पर्वको प्रारम्भ हुनेगरेको शुभकामना सन्देशमा उल्लेख छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...