बर्दियामा एमाको जागरण अभियान

Published on

काठमाडौँ । नेकपा एमाले बर्दियाले बर्दियाको गुलरियामा जागरण अभियान सञ्चालन गरेको छ । बर्दिया जिल्लाभरिका करिब चार हजार कार्यकर्ता जम्मा गराएर एमाले बर्दियाले गुलरियामा जागरण अभियान गरेको हो । जागरण अभियानमा बर्दिया जिल्लाभरिका कार्यकर्ता र जनवर्गिय सङ्गठनका सदस्यहरू उपस्थित थिए । गुलरियाको चारै दिशाबाट र्‍याली लगाउँदै राधाकृष्ण चोकमा कार्यकर्ताहरू जम्मा भएका थिए । र्‍यालीमा हत्यारालाई कारबाही गर्नुपर्ने, भूमिसम्बन्धी अध्यादेश पारित गर्नुपर्ने लगायतका नारा लगाएका थिए । जागरण अभियानलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लक्ष्मण ज्ञावलीले फेरी पनि केहि सिमित व्यक्तीहरूको स्वार्थमा गणतन्त्र माथि धावा बोल्न खोजिएको बताउनुभयो । जनताको ठुलो बलिदान र त्यागबाट ल्याएको गणतन्त्र माथी कसैले आँखा लगाएमा नेपाली जनताले सहन नसक्ने उहाँले बताउनुभयो । नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले राष्ट्र ठग्ने ठगहरू फेरि राष्ट्रियताको आन्दोलनको नेतृत्व गर्ने भनेर अगाडि बढिरहेको बताउँदै त्यसको विरोधमा जागरण अभियान गरेको बताउनुभयो ।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...