नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द

Published on

काठमाडौँ । बैतडी जिल्लामै तयार भएको नेपाली कागज बिक्री नहुँदा उत्पादन बन्द भएको छ । स्थानीय वनमै उपलब्ध लोक्ताको बोटबाट नेपाली कागज तयार गरिन्छ । दार्चुलामा भएका कार्यालयले लेटरप्याड, चिठीपत्र राख्ने खामलगायतका लागि प्रयोग नगर्दा उत्पादन बन्द भएको हो । सिगास गाउँपालिका–९, चौखामस्थित जालहाल्ला नेपाली हातेकागज उद्योगले दैनिक १५ देखि २० कोरी हातेकागज उत्पादन गर्न सक्छ । एक कोरीमा २० वटा कागज हुन्छन् । जापानी प्रविधिबाट उत्पादित कागज जिल्लाका सरकारी तथा गैरसरकारी निकायले खरिद गर्ने चासो नदेखाउँदा उत्पादन बन्द गर्नु परेको ८० वर्षीय सञ्चालक वीरबहादुर चन्दले बताउनुभयो ।

कागज बिक्री नभएपछि उद्योगमा सात क्विन्टल कच्चा पदार्थ थन्किएको छ । नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताका बोटले वन क्षेत्र भरिभराउ छ । कागज उत्पादनका लागि राजस्व तिरेर सङ्कलन गरिएको कच्चा पदार्थ थन्किँदा निराश बन्नु परेको उद्यमीले गुनासो गरेका छन् । उद्योगका सञ्चालक वीरबहादुर चन्दले २०७० सालमा गाउँमै नेपाली कागज उद्योग सञ्चालन गर्नुभएको थियो । कोरोना सङ्क्रमण सुरु हुनुअघि काठमाडौँसम्म बिक्री हुँदै आएकोमा पछिल्लो समय व्यापारीसँग सम्पर्क नभएको उहाँले बताउनुभयो । सुरुवाती दिनमा ढुङ्गामै लोक्ता थिचेर नेपाली कागज बनाउन सुरु गरेका चन्दले जापानी प्रविधि सिकेपछि कागजको गुणस्तर राम्रो भए पनि बजार नभएको बताउनुभयो ।

चन्दले २०६६ सालमा गाउँका अगुवा व्यक्तिहरूलाई समेटेर उदयदेव सामुदायिक वन दर्ता गर्नुभएको थियो । त्यसपछि २०७० सालमा नेपाली कागज बनाउन सामुदायिक वनमा लोक्ताका बोटको छ वटा ब्लक खेती विस्तार गर्नुभयो । हाल एक महिनामा एउटा ब्लकबाट लोक्ता निकाल्न सकिने गरी बिरुवा हुर्केको चन्दले बताउनुभयो । सामुदायिक वनलाई राजस्व तिरेर वार्षिक २३ टन कच्चा पदार्थ प्रयोग गर्न सक्ने अनुमति पाएका चन्दले कागजको बजारीकरणका लागि कतैबाट सहयोग नभएको बताउनुभयो । बैतडीका १० स्थानीय तह र ८४ वटा वडामध्ये कसैले पनि स्थानीय उत्पादन नेपली कागज प्रयोग नगरेकोमा उहाँ निराश बन्नुभएको छ । उहाँले भन्नुभयो, “स्थानीय सरकारले ठुला कम्पनीले उत्पादन गरेको कागज र खाम किन्ने गर्छन् । गाउँमा उत्पादित नेपाली कागज किन्दैनन् ।” नेपाली कागज धमिराले नखाने विशिष्ट खालको कागज भए पनि यसको महत्व स्थानीय सरकारले नबुझेको उहाँले बताउनुभयो । नेपाली कागज कार्यालयमा प्रयोग गर्ने खाम, लेटर प्याड, निमन्त्रणा कार्ड, विवाह कार्डमा प्रयोग गर्न सके स्थानीय उद्योग फस्टाउने उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...