प्याजका बेर्नाबाट ६० हजार आम्दानी

Published on

काठमाडौँ । ग्रीन हाउसमा उत्पादन गरेको प्याजका बेर्ना बिक्रीबाट एक जना किसानले ६० हजार रुपियाँ आम्दानी गरेका छन् । पछिल्लो समय प्याज खेतीलाई व्यवसायीक रुपमा थालिएपछि प्याजको बेर्ना पनि आम्दानीको स्रोत बनेको हो । सिमकोट गाउँपालिका– ५ की अगुवा किसान गीता रोकायाले यस पटक प्याजका बेर्ना बिक्री गरेर ६० हजार आम्दानी भएको बताउनुभयो । उहाँले ग्रीन हाउसमा उत्पादन गरेको बेर्ना लगाउने समय भएपछि बिक्री सुरु गरिएको बताउनुभयो । बिगत तीन वर्षदेखि प्याजका बेर्ना उत्पादन गरेर बिक्री गर्दै आउनुभएको रोकायाको आम्दानीको स्रोत बेना समेत भएको छ ।

बेर्ना प्रति बोट एक रुपियाँ वा मुठ्ठाका एक सय रुपियाँमा बिक्री गर्ने गरेको जानकारी उहाँले दिनुभयो । जिल्लामा प्याजको व्यवसायीक खेती सुरु भएपछि बेर्ना बिक्री राम्रो हुन थालेको बताउनुहुँदै उहाँले आफुलाई राम्रो फाइदा भएको बताउनुभयो । उहाँले वर्षमा तीन लटमा प्याजका बेर्ना उत्पादन गर्दै आउनुभएको छ । रोकायाले कृषिसँग सम्बन्धित काम गर्ने निकायबाट तालिम लिएर तरकारी तथा फलफुल खेती गर्दै आउनुभएको छ । जिल्लामा प्याज खेती हुन थालेपछि बाहिरबाट प्याज आयातमा कमी समेत आउन थालेको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...