सहकारी उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य

Published on

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्नका लागि सहकारी संस्था उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको छ। ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थालाई पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन सहकारी संस्था लाग्नुपर्ने बताउनुभएको हो। सहकारी संस्थाले स्थानीय उत्पादनमा जोडिन सके आर्थिक समृद्धिसँगै रोजगारीका अवसर सिर्जना हुने भन्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘जुन लक्ष्य र उद्देश्य बोकेर सहकारी स्थापना भएका छन्। त्यो उद्देश्य अनुसार काम गर्नुपर्छ।’ किसानको उत्पादन बजारसम्म पुर्याउन र आयआर्जन बढाउन सहकारी सस्थाहरुले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै मुख्यमन्त्री आचार्यले हरेक सहकारी संस्था उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभएको हो।

सहकारी संस्था समाजवादको आधारशीला भएको र प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको थियो। पछिल्लो समय सहकारी आफ्ना लक्ष्य, उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या उत्पन्न भएको र त्यसलाई ट्याकमा ल्याउने काम प्रदेश सरकारले गरिरहेको बताउनुभएको थियो। केही सहकारी संस्थाको बदमासीका कारण सहकारीप्रति नागरिकले प्रश्न ठड्याउने परिस्थिति निर्माण भएको भन्दै मुख्यमन्त्री आचार्यले सहकारी सस्थालाई आफ्नो उद्देश्य अनुसार बाहिर नजान आग्रह गर्नुभएको थियो। राम्रो काम गर्ने सहकारी अभियन्ता विचलित हुने अवस्था आउन नदिने भन्दै उहाँले उपभोक्ताको रकम अपचलन गर्नेलाई निरुत्साहित गर्ने, कानुनी दायरामा ल्याउने काम भइरहेको बताउनुभएको थियो। राम्रो काम गरेका सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको भन्दै उहाँले सहकारी अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...