तलब माग्दै नगरपालिका घेराउ

Published on

काठमाडौँ । कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब भत्ता पाएका छैनन । मासिक रूपमा पाउनु पर्ने तलब भत्ता नपाएपछि मङ्गलबारदेखि नगरपालिका अगाडि चरणबद्ध आन्दोलन सुरु गरेका छन् । पहिलो दिन ज्ञापनपत्र बुझाएका शिक्षकले बुधबार नगरपालिका घेराउ गरेका हुन् । चालु आर्थिक वर्षको असोजदेखि हालसम्म शिक्षकहरूले तलब तथा अन्य सेवासुविधा नपाएको भन्दै नगरपालिकाभित्र ३९ वटै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले खाँडाचक्र नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । पहिलो दिन नगरप्रमुख कमलबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका शिक्षक बुधवार पनि आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घ कालीकोटले यसअघि पटक–पटक तलब–भत्ता दिन आग्रह गरेका थिए ।

नगरपालिका प्रशासनले सो समस्या समाधान गर्नेतर्फ वास्ता नगरेपछि शिक्षकले ज्ञापनपत्र पेससहित आन्दोलनमा जानु परेको शिक्षकको भनाइ छ । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दिपबहादुर शाहीले तलब पाउँ भनेर पनि सरकारसँग झगडा गर्नुपरेको बताउनुभयो । ६ महिनादेखि तलब सुविधा नपाएपछि बाध्य भएर ज्ञापनपत्र बुझाउने र नगर सरकारको ध्यानाकर्षण गर्न पुगेको शाहीले सुनाउनुभयो । असोजदेखि तलब भत्ताका नाममा केही पाउन नसकेको उहाँको भनाइ छ । हाम्रो पनि परिवार र बालबालिका छन, शिक्षकले शाहीले धैर्यताको बाँध टुटेपछि बाध्य भएर शिक्षक आन्दोलित हुन् परेको सुनाउनुभयो । शिक्षक पवित्राकुमारी शाहीले तलब भत्ता नपाउँदै दैनिक क्रियाकलाप घरधन्दा चलाउन समेत समस्या भएको बताउनुभयो । संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन् ।

पवित्राजस्तै शिक्षक कल्पना सेजुवालको पनि उस्तै समस्या छ । नगरपालिका पुग्नुभएकी शिक्षक कल्पना सेजुवालले बालवालिकाको वार्षिक परीक्षामा शुल्क भुक्तानी गर्न अरूबाट ब्याजमा रुपियाँ सापटी लिन परेको बताउनुभयो । सरकारले निजामती कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र लगायतका अन्य निकायका कर्मचारीलाई भने महिना–महिनामा तलब खुवाउँछ, तर शिक्षकको हकमा भने पहिला–पहिला चार–चार महिनामा र अचेल तीन–तीन महिनामा तलब दिने गरिएकोमा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता भुक्तानी नगर्दा शिक्षक मारमा छन् । विद्यालय शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षक तथा नगर अनुदान शिक्षकको तलबभत्ता सरकारले मासिक रूपमा उपलब्ध गराउने व्यवस्था गरेको भए पनि खाँडाचक्र नगरपालिकाले विगत ६ महिनादेखि तलब भत्ता निकासा नगर्नु खेदजनक रहेको ज्ञापनपत्रमा उल्लेख छ । खाँडाचक्र नगरपालिकाभित्रका शिक्षकहरूको पिरमर्का नबुझी नगर सरकारको लापरबाहीका कारण लामो समयसम्म पनि निकासा नदिनु र पहल नगर्नु नगरको ठुलो कमजोरी ठहर गरी आन्दोलनमा उत्रनु परेको ज्ञापनपत्रमा उल्लेख छ ।

कार्यालय प्रमुख नहुँदा समस्या

खाँडाचक्र नगरपालिकामा प्रमुख कमलबहादुर शाहीले सङ्घीय सरकारले समयमा प्रमुख प्रशासकीय अधिकृत नखटाएका कारणले दैनिक कामकाजमा समस्या भएको बताउनुभयो । प्रशासकीय अधिकृत र लेखापालका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प छ । नगर प्रमुख शाहीले नगरपालिकामा पहिलेदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालीममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको बताउनुभयो ।

शिक्षकको हकमा आफू पनि चिन्तित रहेको बताउँदै शिक्षकको तलब भत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको भए पनि शिक्षकले नगरपालिका घेराउ गर्नु राम्रो नभएको प्रतिक्रिया दिनुभयो । लेखापाल तालिममा हुनुहुन्छ, आउनेबितिकै भुक्तानी हुन्छ, प्रमुख शाहीको भनाइ छ । विद्यालय शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षक, सङ्घीय अनुदान तथा नगर अनुदानलगाएत शिक्षकको तलब निकासा गर्नुपर्ने, दिवा खाजा, पाठ्यपुस्तक लगायतका अन्य अनुदान निकासा गर्नुपर्ने मागसहित शिक्षक आन्दोलनमा छन् । शिक्षकका माग समयमै पूरा नगरे अन्य आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनी शिक्षकका सङ्घ सङ्गठनले चेतावनी दिएका छन् ।

spot_img

ताजा समाचार

भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति...

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...