कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’

Published on

काठमाडौँ । चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्रको चैतेधान प्रवर्धन कार्यक्रमअन्तर्गत धु्रवतारा सामुदायिक विकास कृषि सहकारी संस्थामा आबद्ध किसानलाई मिनी टिलर उपलब्ध गराइएको हो । “असी हजार पर्ने मिनी टिलर किसानलाई आधा मूल्यमा उपलब्ध गराएका छौँ”, सहकारीका प्रबन्धक ललिता पन्तले भन्नुभयो, “छ वटा मिनी टिलरसँगै तीन वटा पाइडल इलेक्ट्रिक धान थ्रेसर र सिँचाइका लागि एक वटा बोरिङ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका छौँ ।”

योसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त एक वटा मिनी टिलर पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको उहाँले बताउनुभयो । चैतेधान प्रवर्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले यान्त्रीकरणमा अनुदान उपलब्ध गराउन र चैते धानखेतीका लागि सहकारीलाई रु. सात लाख १९ हजार प्रदान गरिएको प्रबन्धक पन्तले जानकारी जानकारी दिनुभयो । सहकारीमा आबद्ध किसानले चालु आवमा छ बिघामा चैतेधान रोप्न बेर्ना तयार गरेका छन् । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...