कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’

Published on

काठमाडौँ । चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्रको चैतेधान प्रवर्धन कार्यक्रमअन्तर्गत धु्रवतारा सामुदायिक विकास कृषि सहकारी संस्थामा आबद्ध किसानलाई मिनी टिलर उपलब्ध गराइएको हो । “असी हजार पर्ने मिनी टिलर किसानलाई आधा मूल्यमा उपलब्ध गराएका छौँ”, सहकारीका प्रबन्धक ललिता पन्तले भन्नुभयो, “छ वटा मिनी टिलरसँगै तीन वटा पाइडल इलेक्ट्रिक धान थ्रेसर र सिँचाइका लागि एक वटा बोरिङ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका छौँ ।”

योसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्राप्त एक वटा मिनी टिलर पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइएको उहाँले बताउनुभयो । चैतेधान प्रवर्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले यान्त्रीकरणमा अनुदान उपलब्ध गराउन र चैते धानखेतीका लागि सहकारीलाई रु. सात लाख १९ हजार प्रदान गरिएको प्रबन्धक पन्तले जानकारी जानकारी दिनुभयो । सहकारीमा आबद्ध किसानले चालु आवमा छ बिघामा चैतेधान रोप्न बेर्ना तयार गरेका छन् । रासस

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...