गुल्मीको राष्ट्रिय अनुसन्धान आफ्नै भवनमा

Published on

काठमाडौँ । गुल्मीमा स्थापना भएदेखि बल्ल राष्ट्रिय अनुसन्धान कार्यालयले आफ्नै भवन पाएको छ । अहिलेसम्म जिल्ला प्रशासन कार्यालयका सिमित कोठाहरूबाट कार्यसम्पादन हुँदै आएको थियो । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले नयाँ भवनको उद्घाटन गर्नुभयो । भवनको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय अनुसन्धान कार्यालयलाई २०७८ सालमा चार आना जग्गा प्राप्ति भएको थियो । सोही जग्गामा भवन निर्माणका लागि २०८० जेठ २९ गते बोलपत्र आह्वान भएपछि पाँच निर्माण कम्पनीले प्रस्ताव राखेका थिए । जसमा जोग्मा एन्ड डिएन्डीले दुई करोड तीन लाख ५९ हजार ५२० रुपियाँमा भवन निर्माणको जिम्मा पाएको थियो ।

भवनको राष्ट्रिय अनुसन्धान कार्यालय लुम्बिनी प्रदेशका प्रमुख निर्देशक ओम बहादुर खड्काले भवनको शिलन्यास गर्नुभएको थियो । पहिले जग्गा नहुँदा कार्यालयको आफ्नो भवन थिएन । कार्यालय प्रमुखको आवास, गार्ड रुमसहित १४ कोठे भवन निर्माण भएको कार्यालयका वरिष्ठ अनुसन्धान अधिकृत चर्तुवेदीले बताउनुभयो । कार्यक्रममा निर्माण व्यवसायीको भोज प्रसाद श्रेष्ठसहित सहजीकरण गर्ने संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...