निर्माण सुस्त हुँदा सर्वसाधारणलाई सास्ती

Published on

काठमाडौँ । निर्माण कम्पनीले सुस्त गतिमा सडक निर्माण गर्दा स्थानीय सास्ती सहन बाध्य भएका छन्। हुलाकीमार्ग अन्तरर्गत पर्ने राजविराज–कंचनपुर सडकको राजविराजस्थित हनुमान मन्दिरदेखि पडरिया नहरसम्म सडक छेउमा बसोबास गर्ने स्थानीयदेखि दैनिक सडकमा आवत जावत गर्ने धुलैधुलोले हैरान बने। सवारीसाधनसँगै हावाले उडाउने धुलोले सो सडकबाट ओहोर दोहोर गर्नै पैदल र साइकलयात्री तथा मोटरसाइकल यात्री समेत सास्ती भोग्न बाध्य छन्। दैनिक आवत जावत गर्ने सर्वसाधारणलो मुख छोपेर हिड्नुपर्ने बाध्यता छ।

सडकमा चल्ने गाडीले उडाउने धुलोले सास फेर्न पनि समस्या भएको स्थानीय चन्दन साहले बताउनुभयो। राजविराज ३ निवासी मो. अनवरले निर्माण कम्पनीले सुस्त गतिमा काम गरेर सबैलाई दुःख दिइरहेको सुनाउनुभयो। सडकमा धुलो उड्ने गरेकै कारण बाटो देख्न पनि समस्या भएको र पुरै जिउ धुलैधुलोले सेतो बन्ने गरेको स्थानिय राजेश चौधरीको गुनासो छ। संघीय सरकारको बजेटबाट सडक डिभिजन कार्यालयले गरेको टेन्डर प्रक्रियामा राजविराज–कञ्चनपुर सडक निर्माणको ठेक्का शर्मा–वज्रगूरु ल्वोहनी जेभी कन्ट्रक्सनले २०७९ सालमा लिएर निर्माण काम सुरु गरेको थियो। तर निर्माण कार्यले गति लिन सकेको छैन।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...