वर्ष ०८२ सबै नेपालीका लागि राम्रो वर्ष बनोस् : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आउँदै गरेको वर्ष ०८२ सबै नेपालीका लागि अघिल्ला वर्षहरुभन्दा राम्रो होस् भन्दै शुभकामना दिनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शुभकामना व्यक्त गर्नुभएको हो । ‘‘नयाँ वर्ष सबैका लागि राम्रो होस् । सबै नेपाली आमाबुुबा, दाजुुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु । सबै जीवन सहज रुपमा अघि बढोस् ।,’’ उहाँले भन्नुभयो, ‘‘बितेका वर्षमा आशा गरे अनुसार गर्न नसकेका कामहरु सम्पन्न गर्नका लागि हामी सबैलाई सफता मिलोस् । नेपालको राष्ट्रिय राजनीतिमा स्थीरताका लागि सरकारले काम गरिररहेको छ । जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काम गरिररहेको कुरा पनि भन्न चाहन्छु ।’’ उहाँले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास होस् भन्दै उहाँले वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भित्तेपात्रो विमोचन पनि गर्नुभएको थियो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता, कार्यकर्ताहरुसँग शुभकामना आदान प्रदान गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...