यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताउनुभएको छ । शनिवार तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उहाँले उद्योग,व्यापार,पर्यटन,शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायीको भुमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले कृर्षि उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरता लगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । “सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती,यातायात क्षेत्रमा देखा परेका केहि प्रशासनिक झण्झट लगायतका धेरै समस्या र सवालहरु छन ।” मन्त्री लेखकले भन्नुभयो–“तपाईहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।”

यातायात क्षेत्रमा नियमको कार्यान्वयन,व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उहाँको भनाई थियो । “विभिन्न समस्याका बावजुत पनि राम्रोसंँग सेवा दिई रहनुभएको छ, तपाईहरुले राम्रो गर्दागर्दै पनि केहि कमिकमजोरीहरु आवश्यक सुधार गर्नुपर्ने देख्दछु ।” उहाँले भन्नुभयो–“यातायात व्यवसायीहरुले भाडादरमा पारदर्शिताको अभाव, सेवाको गुणस्तरमा कमी, यात्रु सुरक्षामा लापरवाही, हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति, प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।”

उहाँले आफु २०६३ सालदेखी कुनै न कुनै रुपमा यातायात क्षेत्रसँग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । “हिजोमात्र मैले काठमाडौँमा यातायातसँग जोडिएका प्रमुख समस्या दुर्घटना र सोसँग जोडिएका बिमा लगायतको बारेमा सरोकारवाला सबैलाई राखेर प्रारम्भिक छलफल सुरु गरेका छौँ ।” उहाँले भन्नुभयो–“यातायात व्यवसायीले उठाएका विषय महत्वपूर्ण छन् र आगामी दिनमा हुने छलफलमा यि कुराहरुलाई समाधान गर्ने तर्फ पहल गर्ने छु ।”

spot_img

ताजा समाचार

भिरबाट लडेर बालिकाको मृत्यु

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३,...

पोखरामा पर्यटक संख्या घट्यो, मध्यपूर्व तनाव मुख्य कारण

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पोखरामा दोस्रो मुख्य...

एसईईमा पाँच हजार ४६ जना विद्यार्थी सहभागी हुँदै

 काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा धादिङ जिल्लाबाट पाँच हजार...

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

काठमाडौं । जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको...