बन्दीपुरमा रैथाने खाना एवं सांस्कृतिक महोत्सव सुरु

Published on

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा सुरु गरिएको रैथाने खाना एवं सांस्कृतिक महोत्सव–२०८२ को गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय बन्दीपुरको आयोजना र बन्दीपुर गाउँ पालिकाको प्रवर्धनमा आयोजित महोत्सवको मुख्यमन्त्री पाण्डेले आइतबार उद्घाटन गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले देशकै प्रमुख गन्तव्यका रूपमा बन्दीपुरलाई विकास गर्दै बन्दीपुर भ्रमण वर्ष २०२५ मा बास बस्ने पर्यटक दुईदेखि तीन लाख भित्र्याउने कार्यक्रम अन्तर्गत महोत्सव गरिएको जानकारी दिनुभयो ।

पर्यटकको सङ्ख्या वृद्धि गर्ते नेपाली नयाँ वर्षलाई मौलिकताका साथ मनाउन, रैथाने खाना कला संस्कृतिलाई संरक्षणमा टेवा पुग्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । चार दिनसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक एवं नयाँ वर्ष २०८२ तथा १२औं मौलिक (रैथाने) खाना एवं सांस्कृतिक महोत्सवका संयोजक बैसबहादुर गुरुङले बन्दीपुर गाउँपालिकाका छ वटै वडाका ऐतिहसिक तथा पर्यटकीय स्थलको संरक्षण र सम्बर्द्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवले टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...