अपर तमोर हाइड्रोपावरको काम तत्काल रोक्न अनुरोध

Published on

काठमाडौँ । अपर तमोर हाइड्रोपावर २८५ मेगावाटको आयोजनाका सबै काम तत्काल रोक्न अनुरोध गरिएको छ । अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आयोजनाको काम रोक्न अनुरोध गरेको हो । आदिवासी तथा आम नागरिकको आस्था, धार्मिक, सांस्कृतिक र प्राकृतिक वातावरणको जैविक विविधता सँगको अन्तरसम्बन्धमा दीर्घकालीन असर पर्ने भन्दै आयोजना रोक्न अनुरोध गरिएको छ । समितिले आइतबार पत्रकार सम्मेलन मार्फत हाइड्रोपावरको निर्माण क्षेत्र फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर पाँच तापेथोक र वडा नम्बर तीन लिङ्खिम रहेको भन्ने विषयमा औपचारिक रुपमा कुनै पनि स्थानीय नागरिक सँग पूर्व जानकारी सहितको मन्जुरी नलिइ वातावरण प्रभाव मूल्याङ्कन (डिपीआर) लगायतका काम गरिएको भन्दै खेद प्रकट गरिएको जानकारी गराएका छन् ।

उक्त क्षेत्रका नागरिकबाट पटकपटक सामूहिक बेमन्जुरी, बहिष्कार रहँदा रहँदै पनि राजनैतिक बलको आडमा छलकपटबाट काम अगाडि बढाइएको भन्दै समितिले आपत्ती जनाएको छ । यस्तै आयोजनाले सो क्षेत्रका समुदाय माथि ठुलो ठेस पुग्ने कुराको अवगत गराउँदै आयोजनाको सबै काम नरोकेमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने सङ्घर्ष मितिका संयोजक वीरबल लिङखिमले बताउनुभयो । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मा स्वयं कम्पनी र सरकारले लिनुपर्ने उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...