गोलेलाई १८०० रेटिङ मुनि चेस उपाधि

Published on

काठमाडौँ । राष्ट्रब्यापी र्‍यापिड १८०० रेटिङ्ग मुनिको चेस उपाधि मकवानपुरका लोकबहादुर गोलेले जित्नुभएको छ । थापाथली पार्क चेस क्लबले आयोजना गरेको दुई दिने प्रतियोगितामा गोलेले नौ अङ्क जोड्दै उपाधि जित्नुभएको हो । १७६९ रेटेड गोलेले उपाधिसँगै २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । १० मिनेट १० सेकेन्ड इन्क्रिजमेन्ट समय तालिका भित्र जम्मा नौ चरणको स्वीस लिग प्रतिस्पर्धामा ५० जिल्लाका सहभागी खेलाडीले भाग लिएका थिए ।

भक्तपुर जिल्लाका १८९६ रेडेट दामोदर गाँइजु ७.५ अङ्क जोड्दै दोस्रो हुनुभयो । उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै आयोजक क्लबका १६९४ रेटेड फुर्वा लामा तेस्रो हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै काठमाडौँका १७८४ रेटेड हेमराज भण्डारीले चौथो बन्दै सात हजार र चेस पार्कका १६८१ रेटेड राम तामाङले पाँचौँ बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।महिलातर्फ झापकी पुनम प्रसाईं पाँच अङ्क जोड्दै पहिलो हुनुभयो । समान ४.५ अङ्क जोड्न सफल काठमाडौँकी बिनिता कपाली र सिन्दिरा जोशी क्रमशस् दोस्रो र तेस्रो हुनुभयो । अनरेटेडतर्फ काठमाडौँका गौरव नेपाल, कास्की जिल्लाका सुजन रानाभाट र दाङ जिल्लाका बेदु सारुमगर शीर्ष तीनमा रहनुभयो । विजेतालाई प्रतियोगिताका संयोजक एवं क्लबका अध्यक्ष सानुराज बज्राचार्य, नेकपामाओवादीमा नेता देव गुरुङ, नेपाल ओलम्पिक कमिटीका सचिव राम श्रेष्ठ ‘ बोस’, नेपाल लोकतान्त्रिक खेलकुद संघका सहप्रवक्ता राजु ताम्राकारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...