घटाल बाबाको जाँत (मेला) सम्पन्न

Published on

काठमाडौँ । देवताका धामी कापेर बालुवा खाने घटाल बाबाको जाँत (मेला) सम्पन्न भएको छ । प्रत्येक वर्ष वैशाख २ गते हुने प्रशिद्ध एवं शक्तिशाली मानिने घटाल बाबाको विशुजाँत (मेला) मङ्गलबार सम्पन्न भएको हो । भीम र हिडम्बाका पुत्र घतोत्कचको विधिवत रूपमा पूजाआजा हुने घटालथानमा जाँत हुने गरेको छ । अमरगढी नगरपालिका ३ डोटी खोलामा रहेको घटालथानमा पूजाआजा पछि घटाल बाबाका धामी कापेर बालुवा खाने गर्नुहुन्छ । घटाल बाबा एवं घटोत्कचको शक्ति प्रदर्शनका रूपमा देवताका धामीले बालुवा खाने गरेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले बताउनुभयो । उहाँका अनुसार घटालको देउवा (आभूषणसहितको डोली, शङ्ख, घण्टा, नेजाध्यजा) महाकाली नदीको परशुराम धाममा स्नान गरिन्छ । पहिले घटालका धामिले सात सुप्पा (करिब डेढ कुन्टल) बालुवा खाने भएकाले एक स्थानमा सात सुप्पे भन्ने स्थान नै नामाकरण गरिएको उहाँले बताउनुभयो । हालभने देवताका धामी कापेर थोरै भएपनि बालुवा खाने गरेको देख्न सकिने उहाँले जानकारी दिनुभयो ।

घटाललाई असिग्राम देवताको द्वारपालका रूपमा लिइन्छ । उहाँले भन्नुभयो, “घटालका चार वटा द्वारपालका मन्दिर यस क्षेत्रका चार वटा ठाउँमा रहेका छन् । घटाल देवताका धामीसँगै द्वारपाल र मसानीका धामिले बालुवा खाने गर्नुहुन्छ ।” किंवदन्ती अनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ । पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । विशु जाँतको एक दिनअघि चम्सालमा रहेको देउघरबाट देउताको देउरो घटालस्थान पुर्‍याइने वडा नं. ३ का वडाध्यक्ष तिर्थ ऐरले बताउनुभयो । विशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरू पनि एक दिनका लागि भए पनि घर फर्कने गरेको उहाँले बताउनुभयो ।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठुलो पराक्रम प्रदर्शन गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाईन्छ । घटोत्कचले कौरव सेना माथि धावा बोलेर ठुलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । लडाइ मैदानमै वीरगति प्राप्त गर्नुभएका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उहाँलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ। सदियौँदेखि त्यहि मान्यता अनुरूप घटाल बाबालाई यसक्षेत्रका बासिन्दाले ठुलो धार्मिक आस्था र सम्मानकासाथ धार्मिक परम्परा अनुसार पूजाआजा गरी जाँत मनाउने चलन छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...