मनाइयो प्रकृति संरक्षणको सन्देश दिने पर्व जुडशीतल

Published on

काठमाडौँ । प्रकृतिको संरक्षण गर्नुपर्ने आत्मचेतना तथा आरोग्यको सन्देश दिँदै आएका जुडशीतल पर्व मंगलबार मिथिला क्षेत्रमा मनाइएको छ। तपाईं मधेशको मिथिला क्षेत्रमा प्रत्येक वर्ष वैशाख २ गते मनाइदै आएको जुड़शीतल, बाइस पावनी र सिरुवा जस्ता नामले प्रचलित छ। यो पर्व सप्तरीमा परिवारका ठूलाबडाले हत्केलाबाट जल दिएर जुडाउँदै मनाइएको हो। मंगलबार बिहानैदेखि घरका सबै भन्दा जेठा व्यक्तिले आफ्ना परिवारजन तथा टोल छिमेकका कनिष्ट व्यक्तिको टाउकोमा हत्केलाले जल दिएर आशिर्वाद दिएका छन्। जल लिएपछि खुट्टा ढोगेर आशिर्वाद लिने चलन रहि आएको छ।

प्राकृतिक तथा वातावरण संरक्षणसँग सन्दर्भ जेडिएको यस पर्वमा बिहानै पशुपक्षी, वृक्ष, बोटविरुवा र घरगृहस्थीमा प्रयोग गरिने सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोरा, बाटोघाटो र आफ्नो दैनिक दिनचर्यामा प्रयोगमा आउने सबै वस्तुलाई पानीले जुराउने चलन रहि आएको मिथिला संस्कृतिका जानकार धीरेन्द्र प्रेमर्षी बताउनुहुन्छ। उहाँले वैशाख महिना लाग्ने वित्तिकै सूर्यको तापमा पनि वृद्धि हुने भएकाले यस पर्वमा मानव जीवन लगायत रुख, वोट बिरुवाका लागि पनि शीतलताको कामना गर्ने गरिएको जरामा पानि हालेर जुडाउने सांस्कृतिक परम्परा रहेको बताउनुभयो।

जुड़शीतलमा विशेष परिकार

मिथिलाञ्चलमा जुड़शीतलका दिन विशेष परिकार खाने चलन छ। वैशाख १ गते ‘सतुआइन’ अर्थात् सतु खाने दिन नै पकाइएको पुरी र विभिन्न प्रकारका तरुवा सहितका परिकार वैशाख २ गते खाने गरिएकोले यसलाई ‘बाइस पावनी’ अर्थात् बासी खाने दिनको रुपमा पनि लिइन्छ। वासी खानामा ताप नभई शितल हुने गरेकोले पनि यस दिनमा वासी खाना खाएर शरीरलाई ताप मुक्त बनाउनुका साथै शितलताको सन्देश यो पर्वले प्रवाह गर्दै आएको बुझिन्छ। फलको राजा मानिने आँपको टिकुला जुडशीतलकै दिन चाखेर मिथिलाञ्चलमा आँप खाने सुरुवात हुने गरेको पनि मान्यता रहि आएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...