घोराहीमा चौथो दाङ गजल महफिल हुने

Published on

काठमाडौँ । घोराहीमा चौथो दाङ गजल महफिल हुने भएको छ । गजल साहित्यको प्रवर्धन र गजल विधामा क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले दाङमा चौथो दाङ गजल महफिल–२०८२ हुने भएको हो । गजल अभियान दाङको आयोजनामा नेपाल पत्रकार महासङ्घको सभाहल, घोराहीमा वैशाख ६ गते महफिल कार्यक्रम हुने तय भएको गजल अभियान दाङका संयोजक प्रबल विष्टले जानकारी दिनुभएको छ । संयोजक विष्टका अनुसार महफिलमा गजल गायक सन्तोष रजौरेले गजल गायन गर्नेछन् भने गजल वाचनमा सुनिल पुन बिरेही, अभि क्षेत्री ‘समर्पण’ र निर्मला शर्मा रहनुभएको छ ।

गजल अभियान दाङले जिल्लामा नियमित रूपमा गजल महफिल गर्दै आएको र सोही अनुसार यहि वर्ष पनि कार्यक्रम गर्न थालेको हो । त्यसैगरी कार्यक्रममा गजल गायन र गजल वाचनका साथै पुरस्कार तथा सम्मान कार्यक्रम पनि गरिने छ।कार्यक्रममा गजलकार रामगोपाल यादव, यादवनाथ योगी र शशी शर्मा मजगैँयालाई सम्मान गर्ने गरिने भएको छ । गजल अभियान दाङका संयोजक विष्टले महफिलमा सहभागीताका लागि गजलप्रेमीहरूलाई अनुरोध गरेका छन् ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...