शिक्षक आन्दोलनको समय छोटियो

Published on

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । शिक्षकहरूले शनिवारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म आन्दोलन गर्दै आए पनि आज ९आइतबार०बाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन् । करिब १५ दिनदेखि शिक्षकहरू काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष शिक्षकहरूले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने र यसमा पनि शिक्षकहरू समावेश नहुने जानकारी दिनुभयो । राज्यले आफूहरूका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...