स्केटबोर्ड च्याम्पियनसिपमा खुसी र गजेन्द्र च्याम्पियन

Published on

काठमाडौँ । आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विक र पुरुष खुलातर्फ गजेन्द्र बर्देवा च्याम्पियन बन्नुभएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डसङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ शरद राई दोस्रो र बसन्त राईले तेस्रो हुनुभयो । महिलामा लेमन मगर दोस्रो र समीक्षा राई तेस्रो बन्नुभयो । खुलातर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशस् २५, २० र १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै जुनियरतर्फको उपाधि अभिषेक परियारले जित्नुभयो । अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो हुनुभयो । जुनियरतर्फ विजेतालाई १०, उपविजेतालाई पाँच हजार र तेस्रो हुनेलाई तीन हजार रुपियाँ पुरस्कार प्रदान गरियो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाललगायतले पुरस्कार प्रदान गर्नुभयो । दुई दिने प्रतियोगितामा एक सय ५० पुरुष र एक सय ५० महिला गरी चार सय खेलाडीको सहभागिता रहेको थियो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...