निकुञ्ज पीडितहरूको जिविकोपार्जनमा समस्या

Published on

काठमाडौँ । ३० औँ वन्यजन्तु सप्ताहको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु पीडित परिवारसँग अन्तर्क्रिया गरेको छ । पीडित परिवारहरूले सरकारले वन्यजन्तु पीडितहरूलाई दिनु पर्ने सेवा सुविधा दिन नसकेको बताएका छन् । निकुञ्ज पीडित एकल महिलाहरूले अहिले जिविकोपार्जन गर्न समस्या भएको बताएका छन् । छोरा छोरीलाई लेख पढ गराउन, बेरोजगारी समस्या समाधानका लागि पहल गर्नु पर्ने पीडितहरूले बताएका छन् । पीडित भएको समयमा निकुञ्जले दिने भनेको सेवा सुविधा नदिएको पीडित शान्ती चौधरीले बताउनुभयो । “पहिले यो यो सुविधा दिन्छौँ भन्ने तर पछि पीडितहरूलाई बिर्सँदै जान्छन्,” उहाँले भन्नुभयो । पीडित भएका परिवारहरू मध्ये एक जनालाई रोजगारी व्यवस्था गर्ने भनेपनि त्यो निकुञ्जले पूरा गर्न नसकेको वन्यजन्तु पीडित एकल महिला समुहकी अध्यक्ष अमृता जैसीले बताउनुभयो । वन्यजन्तुबाट घाईते भएकाहरूलाई थप उपचारका लागि समस्या भएको बताएका छन् । वन्यजन्तु पीडितहरूले निकुञ्ज आसपासको क्षेत्रमा बसोवास गर्दा अझै पनि जोखिम रहेको बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सरोजमणि पौडेलले सरकारले तोके अनुसारको सेवा सुविधा वन्यजन्तु पीडितलाई दिइरहेको बताउँदै रोजगारीका लागि क्षमता अनुसार व्यवस्थापन गर्ने कोसिस गरिरहेको बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले वन्यजन्तु पीडित महिला र घाइतेहरूलाई मासिक एक हजार पाँच सय रुपियाँ भत्ता दिने गरेको छ । निकुञ्ज आसपासको क्षेत्रमा ७ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् भने २९ जना महिलाहरू वन्यजन्तुको आक्रमणबाट श्रीमान् गुमाएर एकल महिला भएका छन् । गत वैशाख १ गतेदेखि सुरु भएको वन्यजन्तु सप्ताहमा झण्डोत्तलन, हात्ती पूजा, राजमार्ग सरसफाइ, चरा अवलोकन, अग्नीरेखा सरसफाइ, पत्रकारहरूसँग अन्तर्क्रिया लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

spot_img

ताजा समाचार

मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड...

गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह...

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ ।...

नदीमा बेपत्ता भएका किशोर मृत फेला

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक...