पर्यटन विकास कार्यालय गौर दुई कर्मचारीको भरमा

Published on

काठमाडौँ । रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ । ती दुईमध्ये पनि कार्यालय प्रमुख दरबन्दी अनुसार प्रशासनको उपसचिव नभएको कारण सेवा प्रवाहमा समस्या भइरहेको स्थानीयको गुनासो छ । निमित्त कार्यालय प्रमुख तथा लेखा अधिकृत बाहेक २० जना करारका कर्मचारीबाट कार्यालय सञ्चालन भएको छ । रौतहट र सर्लाही कार्य क्षेत्र भएको यस कार्यालयको वार्षिक बजेट झन्डै ८५ करोड रहेको निमित्त कार्यालय प्रमुख सञ्जयकुमार मिश्रले बताउनुभयो । आर्थिक वर्ष २०८१/०८२ मा टेन्डर प्रक्रिया प्रक्रिया मार्फत सञ्चालन हुने योजना ३२ वटा तथा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजना १ सय २० वटा रहेको कार्यालयले जनाएको छ । टुक्र्याउनु पर्ने बाहेक अधिकांश योजनाको सम्झौता भई कार्य अघि बढे पनि स्थायी कर्मचारी नभएको कारण कार्य सम्पादनमा असर परिरहेको निमित्त कार्यालय प्रमुख मिश्रले बताउनुभयो ।

स्थायी कर्मचारी नहुँदा हरेक कामको आफैले अनुगमन गर्नुपर्ने बाध्यता समेत रहेकोले कार्यालयको सेवा प्रवाहमा समस्या आइरहेको बताउनु हुँदै निमित कार्यालय प्रमुख मिश्रले स्वीकृत दरबन्दी अनुसार कर्मचारी व्यवस्थापनमा मन्त्रालयले चासो लिनु पर्ने बताउनुभयो । कार्यालयले मठ मन्दिर सौन्दर्यीकरण, धर्मशाला विवाह भवन निर्माण, ताल पोखरी सौन्दर्यीकरण पर्यटकिय क्षेत्रको सौन्दर्यीकरण लगायतका क्षेत्रमा काम गरिरहेको जनाएको छ। कर्मचारी अभावमा दरबन्दी अनुसारको कार्यालय प्रमुख खटाउन नसकेको स्वीकार्नु हुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय जनकपुरधामका सचिव जयकुमार घिमिरेले रौतहट र सर्लाहीबाट यस विषयमा धेरै गुनासो आइसकेकोले केहि दिनमै दरबन्दी अनुसारको कार्यालय प्रमुख सहित अन्य कर्मचारी मन्त्रालयले खटाउने तयारी गरिरहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...