सडक पुल र बस्ती संरक्षणका लागि तटबन्धन निर्माण सुरु

Published on

काठमाडौँ । राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाले सडक पुल र बस्ती संरक्षणका लागि रघुगंगा नदीमा पक्की तटबन्धन निर्माण सुरु गरेको छ। रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तर्गत गलेश्वरमा निर्माण गरिएको पक्की मोटरेबल पुल जोखिममा परेपछि आयोजनाले संरक्षणका लागि तटबन्धन निर्माण थालेको हो । बेनी–जोमसोम सडक अन्तर्गत बेनी नगरपालिका ९ गलेश्वरस्थित रघुगंगा नदीमा निर्माण गरिएको पक्की मोटरेबल पुल र वस्ती संरक्षणका लागि योजना सञ्चालन गरिएको आयोजनाले जनाएको छ । रघुगंगा नदीको कटानबाट पुल, सडक र वस्ती जोगाउन ४ करोड ७२ लाख ३७ हजार ४ सय ६४ रुपियाँ लागतमा तटबन्धन निर्माण थालिएको आयोजनाका सव-इन्जिनियर सोहनजंग कार्कीले बताउनुभयो ।

योजना कार्यान्वयनका लागि आयोजनाले गत फागुन १३ गते महाप्रभु विआरटी साय जेभी सँग आगामी असार मसान्त भित्रमा निर्माण सम्पन्न गर्नेगरी तीन करोड ३९ लाख ८६ हजार ८ सय २३ रुपियाँमा ठेक्का सम्झौता गरी तटबन्धन निर्माण थालिएको सबइन्जिनियर कार्कीले बताउनुभयो । उहाँका अनुसार रघुगंगा नदी किनारमा पुल पारी ५० मिटर र वारी गलेश्वर तर्फ ८५ मिटर गरी एकसय ३५ मिटर कम्पोजिट पर्खाल निर्माण गरिने छ । पर्खाल निर्माण भएपछि मोटरेबल पुल र पुलवारीको वस्ती नदी कटानबाट संरक्षण हुने आयोजनाले जनाएको छ । यसैगरी योजना अन्तर्गत नै बेनी–गलेश्वर सडक अन्तर्गत जलेश्वर र बैसरीमा नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण गरिने आयोजनाले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...