एमसिए नेपालद्वारा ४०० केभी दमौली सब स्टेसनको निर्माण सुरु

Published on

काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सब स्टेसन निर्माण सुरु गरेको छ । व्यास नगरपालिका–१३ मा निर्माण सुरु भएको एमसिए–नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टले जानकारी दिनुभयो । निर्माणको लागि गत साउन १६ गते (३१ जुलाई २०२४) भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता भए बमोजिम वैशाख ४ गतेदेखि निर्माण सुरु भएको उहाँले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भएपछि नयाँ दमौली सब स्टेसन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सब स्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठुला सब स्टेसनमध्ये एउटा बन्नेछ । निर्देशक विष्टका अनुसार उक्त नयाँ दमौली सब स्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सब स्टेसनबिच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने छ । यी तीनवटै सब स्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान दिने छ । एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा सब स्टेसनका अतिरिक्त काठमाडौँको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणको कार्य अघि बढिरहेको छ । त्यस्तै, बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि काम अघि बढेको छ ।

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...