शिक्षक आन्दोलनले विद्यार्थीको पठनपाठन प्रभावित

Published on

काठमाडौँ । शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।गत चैत २० गतेदेखि शिक्षक आन्दोलनकै कारण हुम्लामा २१ दिनदेखि सम्पूर्ण विद्यालयमा पठनपाठन ठप्प भएको हो। काठमाडौँ केन्द्रित नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई समर्थन गर्दै हुम्लाका शिक्षकले जिल्लामा आन्दोलन जारी राख्दै आएका कारण विद्यालयमा पठनपाठन बन्द भएको छ। शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको नाम्खा गाउँपालिका–४ स्थित महाबौद्ध मावि कक्षा १० मा अध्ययनरत छात्रा सत्या बुढाले गुनासो गर्नुभयो। छात्रा बुढाका अनुसार गत तीन सातादेखि विद्यालयमा शिक्षक सहभागी नभई सदरमुकाम केन्द्रितले विद्यार्थीको गुणस्तरीय शिक्षामा समस्या पारेको छ।

जिल्लामा शिक्षकले आन्दोलन गर्दा जिल्लाभर पठनपाठन ठप्प भएको नेपाल शिक्षक सङ्घका केन्द्रीय उपमहासचिव कालीबहादुर शाहीले बताउनुभयो। सरकारले समयमै महासङ्घले राख्दै आएका माग सम्बोधन नगरेका कारण जिल्लामा पठनपाठन बन्द भएको उहाँले बताउनुभयो। शिक्षक आन्दोलनका कारण जिल्लाका एक सय १८ आधारभूत र २८ माध्यमिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश आले मगरले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...