गलकोट नगर अस्पताललाई फिजियोथेरापी मेसिन हस्तान्तरण

Published on

काठमाडौँ । अध्ययन तथा रोजगारीको सिलसिलामा युकेमा रहेका बागलुङका गलकोटेहरूले जन्मभूमिको नगर अस्पताललाई ७ लाख रुपियाँ बराबरको फिजियोथेरापी मेसिन सहयोग गरेका छन् । गलकोट समाज युकेको अगुवाईमा शुभचिन्तकबाट सङ्कलित रकमले फिजियोथेरापी सेवाका लागि आवश्यक सामग्रीहरू खरिद गरी अस्पताललाई हस्तान्तण गरिएको हो । समाजका सदस्य तथा शुभेच्छुक गरी ८० जनाबाट ७ लाख रुपियाँ सङ्कलन गरी फिजियोथेरापी मेसिनसहित आवश्यक सामग्री अस्पताललाई हस्तान्तरण गरिएको गलकोट समाज युकेका संस्थापक सचिव डा। पुष्पदत्त उप्रेतीले जानकारी दिनुभयो । नीति र कार्यक्रममा जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै लगानी समेत गरिहेको छ । फिजियोथेरापी सेवा विस्तार गर्न अस्पतालले यसअघि नै भौतिक पूर्वाधारको व्यवस्थापन समेत गरिसकेको छ । चालु आर्थिक वर्ष गलकोट नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा ४० लाख रुपियाँको लागतमा चार कोठा थप गरिएको छ ।

आगामी जेठ पहिलो सातादेखि फिजियोथेरापी सेवा दिने तयारी गरेको अस्पताललाई नगरपालिकाले फिजियोथेरापिस्टसहित एक जना सहयोगीको व्यवस्था गर्ने नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । गलकोट नगरमा प्रवाह भइरहेको स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउन सबैको साथ चाहिने गैरेको भनाइ छ । पहिलो चरणमा तीन शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिने अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिनुभयो । फिजियोथेरापी मुख्यतया शरीरका मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले गलकोट, ताराखोला र बडिगाडका बिरामी यो सेवा लिन बागलुङ बजारदेखि पोखरा र काठमाडौंका अस्पतालमा धाउन नपर्ने डा। राजेश पौडेलको भनाइ छ ।

वर्ष ३० हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको नगर अस्पतालमा चालु वर्षको असोजदेखि फागुन मसान्तसम्म गलकोट नगर अस्पतालमा ५६ जना सुत्केरी भएका छन् । १६ जनाको शल्यक्रिया गरिएको हो । नगरपालिकाले दक्ष चिकित्सक, प्रसूतिकर्मीसहित उपकरण र पूर्वाधार व्यवस्थापन गरेपछि अस्पतालले गत असोजबाट शल्यक्रिया सेवा थालेको हो । विभिन्न संस्थाले नगर अस्पताललाई एक्सरे मेसिन, एम्बुलेन्स, आँखा उपचार केन्द्र लगायतमा सहयोग गरेका छन् । नगरपालिकाले स्वास्थ्य संस्थामै गएर नियमित गर्भ परीक्षण गर्नेलाई प्रोत्साहन भत्ता दिन थालेको छ । नियमित गर्भ परीक्षण गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएमा नगरपालिकाले एकमुष्ठ ४ हजार ६ सय र सङ्घीय सरकारको २ हजार गरी ६ हजार ६ सय रुपियाँ दिने व्यवस्था छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...