सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड

Published on

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पूँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालमा नै आर्थिक विकासका माध्यमबाट सामाजिक रुपान्तरण गर्न सकिने बताउनुभएको छ । निरङ्कुशता कदापि स्वीकार्य नहुने बताउँदै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै वर्ग, जाति समुदाय, धर्मावलम्बीलाई सामाजिक न्याय, समानता, राजनीतिक तथा आर्थिक अधिकार स्थापित गराउन सहज हुने सन्देशमा उल्लेख गर्नुभएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...