ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले पायो पूर्णता

Published on

काठमाडौँ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको कार्यसमितिले पूर्णता पाएको छ । शुक्रबार सङ्घका नवनिर्वाचित अध्यक्ष विकास गौतमले मनोनित पदाधिकारी तथा सदस्यलाई सपथग्रण गराउनु भएसँगै कार्यसमितिले पूर्णता पाएको हो । अध्यक्ष गौतमले वरिष्ठ उपाध्यक्षमा दावा शेर्पासहित मनोनित सदस्यमा भद्रबिर रेग्मी, रेवतबहादुर श्रेष्ठ, भोला बराल, नन्दकुमार बानिया, हेमनाथ केसी र गीता भट्टराईलाई सपथग्रहणसँगै प्रमाणपत्र वितरण गर्नुभएको छ । वाणिज्य सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष र केही सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।

विधानमा भएको व्यवस्था अनुसार मनोनित हुनुभएका पदाधिकारी तथा सदस्यलाई अध्यक्ष गौतमले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको सङ्घका कार्यकारी निर्देशक भीष्मराज बरालले जानकारी दिनुभयो । विधान अनुसार नै नवनिर्वाचित अध्यक्षपछि दोस्रो बरियतामा निवर्तमान अध्यक्ष रहने व्यवस्था भएकाले सङ्घको कार्यसमिति २८ सदस्यीय भएको बरालले बताउनुभयो । गत चैत १७ गते सम्पन्न सङ्घको १७ औं साधारणसभामार्फत २७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । साधारणसभाबाट अध्यक्षमा गौतम, प्रथम उपाध्यक्ष शान्ति मादेन, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ, तृतीय उपाध्यक्षमा रुपक घिमिरे चयन हुनुभएको थियो । यस्तै महासचिवमा कमल लिम्बू, सचिव खेमराज केसी र कोषाध्यक्षमा युवराज महतारा चयन हुनुभएको छ । यसैगरी साधारणसभाले अन्य १४ जना कार्यसमिति सदस्य निर्विरोध निर्वाचित गरेको थियो ।

spot_img

ताजा समाचार

जङ्गली भान्टामा टमाटरको कलमी

काठमाडौं । जिल्लामा व्यावसायिक रुपमा टमाटर खेती गर्ने किसानले अहिले नयाँ प्रविधि प्रयोग गरेर टमाटर...

आठ नेपाली क्रिकेटर वेल्जियमको लिग खेल्दै

काठमाडौं । नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् ।...

अवैध नदीजन्य उत्खनन् गर्ने सवारी र लागुऔषध बरामद

काठमाडौं । तनहुँ प्रहरीले पछिल्लो तीन दिनमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन...

खप्तड विकास बोर्डको अध्यक्षमा चन्द नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा नेकपा (एमाले) की जमुना...