लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा

Published on

काठमाडौँ । सशस्त्र प्रहरी जवान विजय जङ्गमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराउनु भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले उहाँले आइतबा बिहान ७ः१२ बजेको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी जवान विजय जंङ्गम लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको छ । मनाङ जिल्लामा रहेको पर्वतीय उद्दार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्दार गर्नसक्ने जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन भइरहेको छ ।

spot_img

ताजा समाचार

पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान...

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

काठमाडौं । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग...

उपल्लो मुस्ताङमा विदेशी पर्यटकले एकल पदयात्रा गर्न पाउने

काठमाडौं । मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ...

डेढ वर्षदेखि चिकित्सकविहीन पाटन भेटेरिनरी अस्पताल, सेवा प्रभावित

काठमाडौं । बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु...