लुम्बिनीमा २५ सयभन्दा बढी घरेलु उद्योग दर्ता

Published on

काठमाडौँ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा दुई हजार पाँच सय बढी घरेलु तथा साना उद्योगहरु दर्ता भएका छन् । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ को असारदेखि चैत महिनासम्म प्रदेशका १२ जिल्लाहरुमा दुई हजार पाँच सय ७९ वटा घरेलु तथा साना उद्योगहरु दर्ता भएका मन्त्रालयका सूचना अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभएको छ । सूचना अधिकारी सुवेदीका अनुसार प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा बढी छ सय ८० वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । त्यसैगरी बाँकेमा पाँच सय २६ वटा, दाङमा तीन सय २८ वटा, नवलपरासी पश्चिममा दुई सय ५२ वटा, कपिलवस्तुमा दुई सय ६६ वटा, बर्दियामा दुई सय ४० वटा, पाल्पामा ६४ वटा, गुल्मीमा ४२ वटा, अर्घाखाँचीमा ५८ वटा, प्युठानमा २५ वटा, रोल्पामा ६२ वटा उद्योग र रुकुम पूर्वमा ३६ उद्योग दर्ता भएका छन् । दर्ता हुनेमा अधिकांस कृषि तथा पर्यटनसँग सम्वन्धी घरेलु उद्योगहरु रहेको सूचना अधिकारी सुवेदीले बताउनुभएको छ ।

प्रदेशमा नौ महिनाकै अवधिमा एक हजार छ सय ९५ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा रुपन्देहीमा दुई सय ७८ वटा, दाङमा दुई सय ७० वटा, बाँकेमा एक सय ८८ वटा, नवलपरासी पश्चिममा एक सय ३४ वटा, कपिलवस्तुमा एक सय ५९ वटा, बर्दियामा एक सय १५ वटा, पाल्पामा एक सय ७८ वटा, गुल्मीमा दुई सय चार वटा, अर्घाखाँचीमा १६ वटा, प्युठानमा ४४ वटा, रोल्पामा ९० वटा र रुकुम पूर्वमा १९ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । सूचना अधिकारी सुवेदीका अनुसार यो सङ्ख्या जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुमा पुगेर उद्योग बन्द गराउनेहरूको रहेको बताउनुभयो । आर्थिकमन्दीको प्रभावसँगै युवा जनशक्ति विदेश पलायनलगायतका कारण स्वदेशमा सञ्चालन भएका अधिकांश साना उद्योगहरु बन्द भएको भन्दै सुचना सुवेदीले भन्नुभयो, ‘‘भित्री कारण अन्य भए पनि उद्योग दर्ता खारेजीका लागि अधिकांसले आर्थिकमन्दीको असरसँगै विदेश जाने भएका कारण बन्द गर्नुपर्ने अवस्था आएको बताउने गरेका छन ।’’

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...