आवश्यकताको आधारमा समय सापेक्ष ऐन कानुन संशोधन हुनुपर्छः श्रममन्त्री

Published on

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानुन समय सापेक्ष परिवर्तन हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा अखिल नेपाल ट्रेड यूनियनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले कुनै पनि ऐन कानुन सेवा प्रदान गर्ने हेतु सहुलियत र सहजताका लागि भएको हुना समय सापेक्ष र आवश्यकताका आधार ऐन र कानुनहरू परिवर्तन हुनुपर्ने बताउनुभयो । अहिले श्रम ऐन संशोधन प्रक्रियामा अगाडि बढेको जिकिर गर्नुहुँदै सरोकारवालाहरूको सहमतिमा बनाएका ऐन र कानुनहरू सबै पक्ष मिलेर अनिवार्य लागु गर्नुपर्नेमा उनले जोड दिनुभयो ।

मन्त्री भण्डारीले सबै सरोकारवालाको सहकार्य र सहमतिमा बनाइएको ऐन लागु गर्ने दायित्व पनि सबैको भएको बताउनुभयो । उहाँले वर्तमान श्रम ऐनमा के के कुराहरू व्यवहारिक छैन त्यसका बारेमा गम्भीर छलफल गरी सुझाव दिन पनि आग्रह गर्नुभयो । सरकार ऐन कानुन लागु गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि ट्रेड यूनियनहरू पनि एक ढिक्का भएर अगाडि बढनु पर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकार ऐन कानुन लागु गर्न तयार छ, ट्रेड यूनियनहरू पनि त्यसका लागि तयार हुनुपर्छ ।’’ ट्रेड यूनियनद्वारा श्रमिक आयोग गठनको माग अगाडि सारिएको माग जायज रहेको जिकिर गर्नुहुँदै उहाँले त्यसका लागि आवश्यक पहल लिन समेत सुझाएको जानकारी दिनुभयो । यसका लागि सबै ट्रेड यूनियनमा आबद्ध सङ्घ संस्थाहरू एक ढिक्का भएर अगाडि बढनुपर्ने उहाँको भनाइ छ । एक अर्को प्रसंगमा मन्त्री भण्डारीले कुनै पनि नेपाली कामदार देश बाहिर कहिकतै दुःख पाए त्यसका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कुनै पनि नेपाली महिला वा पुरुष श्रमिक देश बाहिर श्रम स्वीकृति बिना काम गर्ने वातावरणको अन्त्य हुनुपर्छ, तिनीहरूलाई श्रम स्वीकृति लिने वातावरण बताउन सबै मिलेर काम गर्नुपर्छ ।’’

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...