चेकजाँचका क्रमामा भागेको कार दुर्घटना, चार सय २१ किलो गाँजा बरामद

Published on

काठमाडौँ । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका– ६ नमस्ते झरनास्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन वेश मुलघाटको चेक प्वाईन्ट डिउटीले शङ्का लागि चेकजाँच गर्न खोज्दा भागेको डिएसपी सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सेतो रङ्गको २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको चार सय २१ किलो गाँजा फेला परेको हो । कार र बरामद गाँजा थप कारबाहिका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...