नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग

Published on

काठमाडौँ । नागढुङ्गा सिस्ने खोलास्थित सुरुङमार्ग जोड्न सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २.६८ कि.मी सो सुरुङमार्ग जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको हो । यसको काम ४२ महिनाभित्र सक्नेगरी २०७६ कात्तिक ४ गतेबाट निर्माण थालिएको थियो । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि २०८० वैशाखसम्म थियो । उक्त समयभित्र काम नसकिएपछि २०८१ वैशाख १३ गतेसम्म म्याद थपियो, तर काम नसकिएपछि २०८२ असोजसम्म म्याद थपिएको छ । आपत्कालीन र मुख्य सुरुङ छुट्टाछुट्टै निर्माण गरिएको छ । आपत्कालीन सुरुङको दूरी दुई हजार पाँच सय ५७ मिटर र मुख्य सुरुङको दूरी दुई हजार ६ सय ८८ मिटर छ । सुरुङमार्गको कुल ठेक्का रकम २२ अर्ब रुपियाँ छ । यो आयोजनामा जापानको साढे १६ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपियाँ लगानी छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...