नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग

Published on

काठमाडौँ । नागढुङ्गा सिस्ने खोलास्थित सुरुङमार्ग जोड्न सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २.६८ कि.मी सो सुरुङमार्ग जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको हो । यसको काम ४२ महिनाभित्र सक्नेगरी २०७६ कात्तिक ४ गतेबाट निर्माण थालिएको थियो । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि २०८० वैशाखसम्म थियो । उक्त समयभित्र काम नसकिएपछि २०८१ वैशाख १३ गतेसम्म म्याद थपियो, तर काम नसकिएपछि २०८२ असोजसम्म म्याद थपिएको छ । आपत्कालीन र मुख्य सुरुङ छुट्टाछुट्टै निर्माण गरिएको छ । आपत्कालीन सुरुङको दूरी दुई हजार पाँच सय ५७ मिटर र मुख्य सुरुङको दूरी दुई हजार ६ सय ८८ मिटर छ । सुरुङमार्गको कुल ठेक्का रकम २२ अर्ब रुपियाँ छ । यो आयोजनामा जापानको साढे १६ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपियाँ लगानी छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...