गौमुखी ऋषिले तपस्या गरेको आकर्षक ‘गाईथुने’

Published on

काठमाडौँ । पवित्र कालीगण्डकी नदीको किनारमा अवस्थित छ गाइथुने । बागलुङको जैमिनी नगरपालिका –८ छिस्ती बेलबगरमा अवस्थित गाईथुनेप्रति मानिसका विभिन्न मान्यता र बुझाइ रहँदैआएको छ। पूर्वीय दर्शनको सबैभन्दा ठूलो ग्रन्थ बराह पुराणमा उल्लेख भएअनुसार यस ठाउँमा गौमुखी नाम गरेको ऋषिले तपस्या गरेका थिए । जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले उहाँको तपस्याबाट प्रसन्न भई भगवान विष्णु गाईको स्वरुपमा प्रकट भएको र गाइको थुनबाट अमृत प्रदान गरी पाख्त ९तपस्या पूरा गरेको० भएको मान्यता रहेको बताउनुभयो । यस ठाउँसँग अर्का दुई किम्बदन्ती पनि छन् ।

पौराणिक कथामा उल्लेख भएअनुसार यो त्रिवेणी क्षेत्र अन्तर्गत पर्ने एक महत्वपूर्ण स्थान मानिन्छ । यससँग जोडिएको किम्बदन्तिमा भगवान श्रीकृष्णले पालेको कामधेनु गाई त्यहाँबाट प्रकट भई दुध आइरहने भएकले गाईथुने रहन गएको मान्यता छ । हाल यहाँबाट दुध नचुहिए पनि गाइको थुनको आकारबाट अटुटरुपमा पानी बग्दैआएको छ । अर्कोथरी बुझाईमा गाईपालक भगवान कृष्णले पालेका गाई बगाएर ल्याएपछि त्यस ठाउँलाई गाइले नै नदी थुनिदिएको र नदी नै बाङ्गिएको मान्यता रहँदैआएको छ । त्यस स्थानमा कालीगण्डकी नदीको अवस्थितिलाई हेर्दा नदी केही भागमा नागबेली परेको स्थानीप्यको भनाइ छ। यी मान्यतालाई पुष्टि गर्न र यस ठाउँलाई थप आकर्षित गर्न मद्दत गरेको बताइएको छ ।

गलेश्वरधाम, जैमिनीधाम, गाइथुनेलगायतका यी स्थानहरु धार्मिक हिसाबले अत्यन्त पवित्र स्थानहरुमा पर्दछन् । यस क्षेत्रमा भगवान विष्णुको रुपमा पुजिने शालिग्राम पनि पाइने स्थानीयको बुझाइ छ । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी करिडोरसँगै जोडिएको यस क्षेत्रमा बागलुङ सदरमुकामदेखि ३३ किलोमिटर दूरी रहेको छ । यहाँ सवारीमार्फत पुग्न करिब सवा एक घण्टा लाग्छ । यसक्षेत्र हुँदै लामो, छोटो दूरीका सवारी साधनहरु २४ घण्टा गुड्ने गर्नेगरेको छ । समुन्द्री सतहदेखि करिब ५५० मिटर उचाईमा रहेको यस ठाउँ हेर्न आन्तरिक पर्यटकहरु पुग्नेगरेको बताइन्छ । यस ठाउँमा पदमार्गसहित केही संरचनाहरु निर्माण गरिएका छन् । गाईथुने एक महत्वपूर्ण धार्मिक स्थानको रुपमा परिचय बनाएको छ । पछिल्लो समय गण्डकी प्रदेश र जैमिनी नगरपालिकाले निरन्तर रुपमा विभिन्न संरचना निर्माण गर्दैआएको पदाधिकारीको भनाइ छ । यहाँसम्म पुग्न पैदल मार्गदेखि यस क्षेत्रको सुरक्षाका लागि तारबार गरिएको छ ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...