अस्पताल भवन निर्माण अन्तिम चरणमा

Published on

काठमाडौँ । रौतहटको राजदेवी नगरपालिकामा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी राजदेवी नगरपालिका–५ मा निर्माण सुरु भएको थियो । हाल कम्पाउन्डमा माटो पुर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ९८ प्रतिशत पुगेको छ । सकेसम्म यही महिनाभित्र हस्तान्तरण गरेर जेठ पहिलो साताबाट अस्पताल चलाउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत कायस्थले भन्नुभयो । सङ्घीय सरकार तथा स्थानीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत भ्याटसहित १९ करोड ७३ लाख ४९० रुपियाँ रहेको छ ।

अस्पताल निर्माणका लागि २०८० असार ७ मा श्री न्यु ड्र्यागन निर्माण सेवा प्रालिसँग निर्माण ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणका लागि सङ्घीय सरकारको १८ करोड ३० लाख उपलब्ध गराउने तथा बाँकी रकम स्थानीय सरकारले बेहोर्ने प्रमुख प्रशासकीय अधिकृत कायस्थले बताउनुभयो । यो अस्पताल सञ्चालनमा आएसँगै राजदेवी नगरपालिकाका जनतालाई स्वास्थ्योपचारमा ठुलो राहत हुने नगरप्रमुख भिखारीप्रसाद यादवले बताउनुभयो । पालिकामा गुणस्तरीय अस्पताल नहुँदा जनता उपचारका लागि प्रादेशिक अस्पताल गौर तथा वीरगन्जलगायातका सहरमा जान बाध्य छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...