श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

Published on

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिनुभएको छ । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रमिकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमीकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली काँग्रेस गम्भीर रहेको जिकिर गर्नुभयो ।

सांसद कोइरालाले होटलमा कार्यरत श्रमिकहरुले १० प्रतिशतको कुरा गर्नुभएको उल्लेख गर्नुहुँदै कानुन बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै नेपाली काँग्रेसले कानुन बनाउन अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । अहिले दुई ठुला अर्थतन्त्र भएका मुलुकबिच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताउनुभयो । सांसद कोइरालाले श्रमिकहरुले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२/०६३ को आन्दोलन सफल हुन नसक्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...