राष्ट्रिय हक्कीमा आर्मीको दोहोरो जित

Published on

काठमाडौँ । विभागीय टोली त्रिभुव आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन दोहोरो जित निकालेको छ । नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी सुरुवात गरेको हो । पुरुषततर्फ समूह ‘ए’ मा रहेको आर्मीले गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्यो । आर्मीको जितमा प्रदीप राजवंशी, काशिराज राई र देव सिंह धामीले गोल गर्नुभयो । आर्मीको जितमा रोशन चौधरी प्लेअर अफ दी म्याच हुनुभयो। लिगकम नकआउटका आधारमा भएको यस समूहमा आर्मी र गण्डकीसँगै मधेश र कोशी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् । एपिएफ हक्कीमा नयाँ टिम हो ।

समूह ‘बी’ पुलिसले पनि कर्णाली प्रदेशलाई ९–० गोलले हरायो । पुलिसको जितमा आयुस शाह र सुरेशप्रसाद जोशीले दुई तथा शंकर घर्तिमगर, नवराज खत्री, सुरज बोहोरा, काशिराम खत्री र अमित ओझाले समान एक गोल गर्नुभयो । दुई गोल गर्न सफलआयुस प्लेअर अफ दी म्याच बन्नुभयो । महिलामा नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् । महिलामाराउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबिच उपाधि भिडन्त हुनेछ । आर्मीले पहिलो खेलमा मधेश प्रदेशमाथि ७–० गोलको रबाफिलो जित निकालेको छ । दुई खेलाडी सीमा खड्का र कमला चन्दले ह्याट्रिक पूरा गरेपछि आमीले सहज जित निकालेको हो ।

निलिमा पाण्डेको नाममा एक गोल रह्यो । पुलिसकी कमला चन्द प्लेअर अफ दी म्याच घोषित हुनुभयो । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुब आचार्यले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा राखेप बोर्डकी कार्यकारी सदस्य तथा सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ, बोर्ड सदस्यद्वय अञ्जन धमला र जगतसिंह धामीलगायतको उपस्थिति रहेको थियो । सङ्घको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष हक्की वैशाख २६ गतेसम्म तथा राष्ट्रिय महिला हक्की प्रतियोगिता वैशाख २६ गतेसम्म हुनेछ । पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशस् ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...