आवासीय र घुम्ती शिक्षा खोज्दै उपल्लो मुस्ताङ पुग्छन् विद्यार्थी

Published on

काठमाडौँ । जाजरकोट जिल्लाका खगेन्द्र विक उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, छोसेरमा रहेको दिब्यदिप माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । भूकम्प प्रभावित परिवारका सदस्य विक आफन्तको सहयोगमा मुस्ताङ पुग्नुभएको हो । विकजस्तै रुकुम पश्चिमका आशिष विक कक्षा ७ मा भर्ना हुनुभएको छ । उदयपुरकी कल्पना नेपाली, राज नेपालीले विद्यालयमा कक्षा ८ मा भर्ना भइसक्नुभएको छ । उपल्लो मुस्ताङको एक मात्रै मावि विद्यालयको रुपमा रहेको दिब्यदिपमा छिमेकी जिल्ला म्याग्दी, बागलुङ, धनुषा, रुपन्देहीलगायतका विद्यालयका २६ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाटीले बताउनुभयो । प्रअ त्रिपाटीले भन्नुभयो, ‘‘यस वर्ष जिल्ला बाहिरबाट नयाँ भर्नाका लागि समेत विद्यार्थीको आगमन भएको छ, आवासीय सुविधाले बाहिरी जिल्लाका विद्यार्थीको आर्कषण बढेको छ ।’’

अभिभावकविहिन बालबालिका, आर्थिक रुपमा विपन्न विद्यार्थीलाई हिमाली आवासीय छात्रवृत्ति, पोशाक, कम्प्युटरसहित अन्य सुविधाले आर्कषित गरेको विद्यालयका प्रअ त्रिपाटीले भन्नुभयो । विद्यालयमा बालविकासमा १३ जना र कक्षा १ देखि १० सम्म ६५ जना विद्यार्थी भर्ना भएका छन् । मुस्ताङको पहिलो घुम्ती विद्यालयले ६ महिना पोखराको विजयपुरमा रहेको आफ्नै चार तले भवनमा पठनपाठन गराउने भएकाले पनि बाहिरी जिल्लाका विद्यार्थीको आर्कषण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्वण विष्टले बताउनुभयो । अध्यक्ष विष्ट भन्नहुन्छ, ‘‘विद्यार्थीलाई चाहिने सेवासुविधा दिन्छौं, बाहिरी जिल्लामा पनि भर्ना अभियानका बारेमा प्रचारप्रसार गरेका छौ ।’’ विद्यार्थीलाई हिमालस् आवासीय छात्रबृत्ति बापतको ५ हजार वार्षिक रुपमा उपलब्ध गराउने गरिन्छ ।

यसैबिच शैक्षिक तथा संस्थागत विकाससका लागि करिब पाँच करोडको भूकम्प प्रतिरोधी छात्रावास भवन निर्माणका स्थानीय वृद्धा टासी याङजीनले दुई रोपनी तीन आना जग्गा समेत दान दिनुभएको छ । उत्तरी चीनसँग सिमाना जोडिएको कोरला नाका जाने सडक नजिकै रहेको विद्यालयमा लोमन्थाङ गापा बाहेक छिमेकी लो–घेकर दामोदरकुण्ड गाउँपालिकाबाट समेत विद्यार्थी आउँछन् । शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका प्रमुख रामेश्वर लामिछानेले मुस्ताङका पाँचैवटा स्थानीय तहमा रहेका मावि ८, आमावि २७, गुम्बा २ र आवासीय मावि १ मा अघिल्लो वर्ष कुल ३७ सय ३७ विद्यार्थी रहेकोमा यस वर्ष भर्ना अभियान जारी रहेकाले तथ्याङ्क सङ्कलन भइरहेको बताउनुभयो । इकाई प्रमुख लामिछानेले भन्नुभयो, ‘‘मुस्ताङका एघार विद्यालयमा घुम्ती शिक्षाको सुविधा छ, जाडोयाममा सबै पोखरामा सञ्चालन हुने भएकाले बाहिरी जिल्लाका विद्यार्थी यहाँ पढ्न आउँछन् ।’’

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...