पाँचौँ नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपको तयारी

Published on

काठमाडौँ । नेपाल ई स्पोर्ट्स सङ्घ(नेसा) ले पाँचौँ नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । यो विश्व ई-स्पोर्ट्स च्याम्पियनसिपको छनोट प्रतियोगिता पनि हो । सङ्घका अध्यक्ष सुरज डङ्गोलले विश्व ई स्पोर्ट्स च्याम्पियनसिपका लागि चयन हुने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय ई स्पोर्ट्स महासङ्घ (आइइएसएफ)को आयोजनामा विश्व ई स्पोर्ट्स च्याम्पियनसिप प्रत्येक वर्ष आयोजना हुने गर्दछ । नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप आगामी मे महिनाको पहिलो हप्ता सम्पन्न हुने छ । जहाँ घरेलु शीर्ष ई-स्पोर्ट्स खेलाडीहरूले क्षेत्रीय छनोटमा नेपालको प्रतिनिधित्व गर्न मिहिनेत गर्ने छन् ।

क्षेत्रीय चरणबाट सफल हुने खेलाडी विश्व ई-स्पोर्ट्स च्याम्पियनसिपको फाइनल खेल्न योग्य हुने प्रावधान रहेको छ । पाँचौँ नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपका लागि प्रारम्भिक चरण सम्पन्न भइसकेको छ । नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप मा ६ विधामा खेलाडीहरूले कडा प्रतिस्पर्धा गर्ने छन् । जसमा इफुटबल, डोटा टु, काउन्टर स्ट्राइकर टु (सिएसटु), मोबाइल लिजेन्ड्स : ब्याङ ब्याङ (एमएलबबी) ओपन, मोबाइल लिजेन्ड्स ब्याङ ब्याङ (एमएलबबी) महिला डिभिजन र पब्जी मोबाइल रहेका छन् । यस प्रतियोगिताले नेपाली ई-स्पोर्ट्स खेलाडीहरुको क्षमता, समर्पण र खेल भावनालाई विश्व मञ्चसम्म पुर्‍याउनुका साथै नेपालमा तीब्र गतिमा फस्टाइरहेको ई-स्पोर्ट्सको यात्रामा यो प्रतियोगिता कोशेढुङगा सावित हुने पनि सङ्घका अध्यक्ष डङ्गोलले बताउनुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...