पाँचौँ नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपको तयारी

Published on

काठमाडौँ । नेपाल ई स्पोर्ट्स सङ्घ(नेसा) ले पाँचौँ नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । यो विश्व ई-स्पोर्ट्स च्याम्पियनसिपको छनोट प्रतियोगिता पनि हो । सङ्घका अध्यक्ष सुरज डङ्गोलले विश्व ई स्पोर्ट्स च्याम्पियनसिपका लागि चयन हुने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय ई स्पोर्ट्स महासङ्घ (आइइएसएफ)को आयोजनामा विश्व ई स्पोर्ट्स च्याम्पियनसिप प्रत्येक वर्ष आयोजना हुने गर्दछ । नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप आगामी मे महिनाको पहिलो हप्ता सम्पन्न हुने छ । जहाँ घरेलु शीर्ष ई-स्पोर्ट्स खेलाडीहरूले क्षेत्रीय छनोटमा नेपालको प्रतिनिधित्व गर्न मिहिनेत गर्ने छन् ।

क्षेत्रीय चरणबाट सफल हुने खेलाडी विश्व ई-स्पोर्ट्स च्याम्पियनसिपको फाइनल खेल्न योग्य हुने प्रावधान रहेको छ । पाँचौँ नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपका लागि प्रारम्भिक चरण सम्पन्न भइसकेको छ । नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप मा ६ विधामा खेलाडीहरूले कडा प्रतिस्पर्धा गर्ने छन् । जसमा इफुटबल, डोटा टु, काउन्टर स्ट्राइकर टु (सिएसटु), मोबाइल लिजेन्ड्स : ब्याङ ब्याङ (एमएलबबी) ओपन, मोबाइल लिजेन्ड्स ब्याङ ब्याङ (एमएलबबी) महिला डिभिजन र पब्जी मोबाइल रहेका छन् । यस प्रतियोगिताले नेपाली ई-स्पोर्ट्स खेलाडीहरुको क्षमता, समर्पण र खेल भावनालाई विश्व मञ्चसम्म पुर्‍याउनुका साथै नेपालमा तीब्र गतिमा फस्टाइरहेको ई-स्पोर्ट्सको यात्रामा यो प्रतियोगिता कोशेढुङगा सावित हुने पनि सङ्घका अध्यक्ष डङ्गोलले बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...