‘प्राध्यापक अध्यापनमा मात्रै सिमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्छ’

Published on

काठमाडौँ । प्राध्यापकहरु अध्यापनमा मात्रै सिमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्ने वरिष्ठ प्राडाहरुले बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर र मङ्गल बहुमुखी क्याम्पस कीर्तिपुर काठमाडौंको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको तीन दिने जर्नल आर्टिकल लेखन कार्यशालामा प्राध्यापकहरु अध्यापनमा मात्रै सिमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्ने मङ्गल रिसर्च जर्नलका प्रधान सम्पादक प्राडा लक्ष्मीबहादुर महर्जनले बताउनुभएको हो ।

उहाँले अनुसन्धानमा नयाँ तथ्य पत्ता लगाउन प्राध्यापकहरु लाग्नुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै, जर्नल अफ हेल्थ प्रोमोशनका प्रधान सम्पादक प्राडा श्यामकृष्ण महर्जनले अनुसन्धानले व्यक्तित्व विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमका आयोजक तथा मङ्गल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रदीप महर्जन, गोष्ठी संयोजक एवं गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक उपेश महर्जन, क्याम्पसका व्यवस्थापन समितिका सदस्य अजय सिंह लगायतले अनुसन्धानको महत्वबारे चर्चा गर्नुभएको थियो । वैशाख १८ देखि २० गतेसम्म आयोजित जर्नल आर्टिकल लेखन कार्यशाला गोष्ठीमा प्राडा लक्ष्मीबहादुर महर्जन, प्राडा श्यामकृष्ण महर्जन, त्रिवि शिक्षाशाश्त्र सङ्कायका प्राडा रमेश अधिकारीले जर्नल आर्टिकल लेखनका विविध विषयमा केन्द्रित भई प्रशिक्षण दिनुभएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...