मध्यपुरमाथि वीरगन्जको कठिन जित

Published on

काठमाडौँ । वीरगन्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनमाथि कठिन जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा वीरगन्जले मध्यपुरलाई १–० गोलले हरायो । जितसँगै नौ खेलबाट १५ अङ्क बनाएको वीरगन्ज तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अङ्क बनाएको मध्यपुरलाई रेलिगेसनको दाबाब बढेको छ । प्रतिस्पर्धात्मक खेलमा वीरगन्जलाई जिताउन अमित बच्चरले ४२औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । मध्यपुरको गोल फर्काउने प्रयास सफल भएन । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा जारी लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ । लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...