जोखिम मोलेर काठको पुल तर्न बाध्य

Published on

काठमाडौँ । सर्केगाड गाउँपालिका र प्रदेश सरकारले गरेको बेवास्ताका कारण हुम्लाको सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्नु पर्ने बाध्यता छ । काठको कच्ची झोलुङ्गे पुलमा जोखिम मोलेर वारपार गर्दै आउनु परेको स्थानीयले गुनासो गरेका हुन् । रीप गाउँका स्थानीयहरू पालिका केन्द्र सर्केगाड, सदरमुकाम सिमकोट र जिल्ला बाहिर जानु पर्दा पनि सोही काठेपुल तरेर जानु पर्ने बाध्यता रहेको स्थानीय दिलिप कार्कीले गुनासो गर्नुभयो । आफूहरूले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री मध्य सिमेन्ट, सरीया, ग्यास सिलिण्डर, दैनिक उपभोग्य वस्तु लगायतका सामग्री ओसारपसार गरउँदा पनि जिर्ण अवस्थामा रहेको काठको पुलबाट जोखिम मोलेर ल्याउन पर्ने अवस्था रहेको कार्कीले गुनासो गर्नुभयो ।

स्थानीय कार्कीका अनुसार धेरै गरुङगो सामान समेत उक्त पुलबाट ल्याउन नसकिने भएको छ । भने खडिखेतमा रहेको काठको पुल जीर्ण हुँदा दुई/तीन जना व्यक्तिलाई एकैपटक तर्न सक्ने अवस्था पनि छैन् । एक-एक जना गर्दै उक्त पुल वारपार गर्नु पर्ने अवस्था रहेको छ । पालो कुर्दै पुल वारपार गर्ने गरेको पाइन्छ । उक्त पुल तर्न बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेको स्थानीयले बताउँछन् । आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिका सहित वडा नं २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको अर्का स्थानीय श्री फडेराले बताउनुभयो । कम्तीमा गाउँपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ । रीप गाउँका स्थानीयले काठले निर्माण गरेको उक्त पुलको एक पट्टीको भाग समेत झुण्डिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । वर्षा याममा पानीको वहाव बढ्दै जादा पुल समेत बगाउने गरेको छ ।

हिउँद याममा यहाँका स्थानीयले पानी कम हुँदा पुनः निर्माण गरी वारपार गर्दै आउने गरेका छन् । वर्षा याममा काठको पुल बगाएपछि तुइन तरेर वारपार गर्नु परेको फडेराले बताउनुभयो । खडिखेतमा झोलुङ्गे पुलको आवस्यक रहेको उहाँले बताउनुभयो । उक्त खडिखेतमा प्रदेश सरकारको आर्थिक सहयोगमा बेलि ब्रिज निर्माण गर्ने भन्दै गत मङसिरमा ओभरसियरलाई पठाएर डिपिआर गरेको भए पनि कार्यन्वयनमा नआएको सर्केगाड गाउँपालिका–२ रीपका वडा अध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो ।हालका लागि स्थानीयलाई आवत जावत गर्नका लागि झोलुङ्गे पुल भइदिएको भए हुन्थ्यो । पुल निर्माणका लागि गाउँपालिकाको पनि खासै पहल रहेन अध्यक्ष कार्कीको भनाइ छ । जसका कारण स्थानीयले ज्यान जोखिम मोलेर वारपार गर्नु पर्ने बाध्यता छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...