गोरखापत्र विकासको जिउँदो साक्षी हो : सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिनुहुँदै गोरखापत्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासको जिउँदो साक्षी रहेको बताउनुभएको छ। गोरखापत्र १२५ औँ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँको सन्देशमा उल्लेख छ, “इतिहासका घटनाक्रम र तत्कालीन सामाजिक र आर्थिक परिवेश केलाउन अनुसन्धानकर्ताको स्रोत सामग्री बन्दै आउनुबाट गोरखापत्रको महत्त्व पुष्टि हुन्छ।”

उहाँले नेपाली पत्रकारिता र सञ्चार क्षेत्रमा गोरखापत्रको योगदान सधैँ प्रेरणादायक रहने बताउनुभएको छ। सन्देशमा उहाँले भन्नुभएको छ, “सञ्चारमन्त्रीको हैसियतले म विश्वस्त छु कि गोरखापत्र र यसका अन्य प्रकाशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनमा ठुलो योगदान पुर्‍याउने छन् र नेपाली पत्रकारिता र सञ्चार क्षेत्रमा गोरखापत्रको योगदान सधैँ प्रेरणादायक रहने छ।” एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो। गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो। पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो।

गोरखापत्र स्थापना दिवसकै अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपसभामुख विमला घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना दिनुभएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...