फेकन कार्यकारी सदस्यमा बैतडीका रिजन मडैको उम्मेदवारी

Published on

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्यका लागि बैतडीका रिजन मडैले उम्मेदवारी दिएका छन्। बैतडीको सुर्नया गाउँपालिका–५ स्थायी घर भएका मडैले यहीँ वैशाख २७ गते हुने फेकनको निर्वाचनमा कार्यकारी सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। हाल काठमाडौंबाट सञ्चालित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत रहेका मडैले संघको सक्रियता र सदस्यहरूको हकहितका लागि आफ्नो उम्मेदवारी दिएको बताएका छन्। “सदस्यहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न र आवाज बुलन्द गर्नका लागि म प्रतिस्पर्धामा उत्रिएको हुँ,” मडैले बताए।

उनले सदस्यहरूको सुझावलाई प्राथमिकतामा राखेर नीति निर्माण तहमा देखिएको समस्या समाधानमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले नेपालभित्र मात्र नभई विदेशबाट समेत विद्यार्थीहरू नेपालमा भित्र्याउन सहज वातावरण निर्माण गर्न संघमार्फत पहल गर्ने बताए। हाल आफू संघको साधारण सदस्य रहेको जनाउँदै, आगामी निर्वाचनमा कार्यकारी सदस्यको जिम्मेवारी सम्हाल्न सबै सदस्यसँग सहयोगको अपेक्षा गरेका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...