गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गर्नुभएको हो । भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पार्नुभयो । आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधैं साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताउनुभयो । सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीले नेपाल र भारतबीच सदियौदखि सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुई देशबीचको सम्वन्ध थप मजबुद गर्दै लैजानेमा जोड दिनुभयो ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...