पाकिस्तानमा भारतको ड्रोन हमलामा १ जनाको मृत्यु, ५ जना घाइते

Published on

काठमाडौँ । बिहीबार बिहानदेखि पाकिस्तानका धेरै स्थानलाई लक्षित गरी भारतले गरेको शृङ्खलाबद्ध ड्रोन हमलामा एक जना नागरिकको मृत्यु भएको छ । चार जना सैन्य कर्मचारीसहित पाँच जना घाइते भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सले एक विज्ञप्तिमा भनेको छ कि तनाव सुरु भएदेखि इलेकट्रोनिक काउन्टरमेजर र काइनेटिक फायरको संयोजन प्रयोग गरेर २५ वटा हारोप ड्रोनहरू खसालिएको छ ।

यसअघि मिडिया ब्रिफिङमा आइएसपिआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले पूर्वी पन्जाब प्रान्तको राजधानी लाहोर नजिकैको सैन्य प्रतिष्ठानमा एउटा ड्रोनले आंशिक रूपमा प्रहार गरेको बताउनुभएको थियो । जसमा चार जना कर्मचारी घाइते भएका थिए र उपकरणमा सामान्य क्षति पुगेको थियो । एउटा छुट्टै घटनामा सिन्ध प्रान्तको मियानो क्षेत्रमा एक जना नागरिकको मृत्यु भएको छ र अर्का एक जना घाइते भएका छन् ।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...