पाकिस्तानमा भारतको ड्रोन हमलामा १ जनाको मृत्यु, ५ जना घाइते

Published on

काठमाडौँ । बिहीबार बिहानदेखि पाकिस्तानका धेरै स्थानलाई लक्षित गरी भारतले गरेको शृङ्खलाबद्ध ड्रोन हमलामा एक जना नागरिकको मृत्यु भएको छ । चार जना सैन्य कर्मचारीसहित पाँच जना घाइते भएको पाकिस्तानी सेनाले बिहीबार जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सले एक विज्ञप्तिमा भनेको छ कि तनाव सुरु भएदेखि इलेकट्रोनिक काउन्टरमेजर र काइनेटिक फायरको संयोजन प्रयोग गरेर २५ वटा हारोप ड्रोनहरू खसालिएको छ ।

यसअघि मिडिया ब्रिफिङमा आइएसपिआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले पूर्वी पन्जाब प्रान्तको राजधानी लाहोर नजिकैको सैन्य प्रतिष्ठानमा एउटा ड्रोनले आंशिक रूपमा प्रहार गरेको बताउनुभएको थियो । जसमा चार जना कर्मचारी घाइते भएका थिए र उपकरणमा सामान्य क्षति पुगेको थियो । एउटा छुट्टै घटनामा सिन्ध प्रान्तको मियानो क्षेत्रमा एक जना नागरिकको मृत्यु भएको छ र अर्का एक जना घाइते भएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...