ट्रयाक खुलेको दुई दशकपछि गणेशघुम्ती–निरयघाट सडक कालोपत्र

Published on

काठमाडौँ । बागलुङ नगरपालिका १ को गणेशघुम्तीदेखि निरयघाट जोड्ने एक किलोमिटर ६ सय मिटर सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । ट्रयाक खुलेको दुई दशकपछि बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत गणेशघुम्ती–निरयघाट सडक स्तरोन्नतिसहित कालोपत्र गर्न सुरु गरेको हो । सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रको काम सुरु भएको आशिष फेवा संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । एक किलोमिटर ६ सय मिटर लम्बाइको सडकलाई ८ देखि १० मिटरसम्म चौडा बनाइएको र साढे पाँच मिटरमा अस्फल्ट प्रविधिको कालोपत्र गरिने छ ।

सडक कालोपत्र भएपछि जीर्ण सडकका कारण वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती हट्ने भन्दै माझीबस्तीका बलबहादुर माझीले खुसी व्यक्त गर्नुभयो । सडक खुलेको दुई दशकसम्म स्तरोन्नति नहुँदा सास्ती भोग्दै आएका मलामीलाई राहत मिल्ने छ । दैनिकजसो कालीगण्डकी नदीमा स्नान गर्न पुग्ने नागरिकलाई पनि सहज हुने छ । कालोपत्र सडकले गणेशघुम्तीका किसानले उत्पादन गर्ने तरकारीको बजारीकरणमा सहज हुनेछ । त्यस बाहेक बागलुङका अधिकांश नागरिकको मृत्युपछिको दाहसंस्कार गर्ने काममा निरयघाट पुग्न सजिलो हुने छ । निरयघाट सडक स्तरीय बन्दा वृद्दाश्रम, निर्माणाधिन मानवसेवा आश्रममा सामाग्री ढुवानीमा पनि सजिलो हुने छ ।

यस्तै, बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्ने गरी वडा नं. ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी र ओडारचौरदेखि ढोडेनी सम्मको साँढे २ किमी सडक निर्माण गरिरहेको हो । ओढोरचौर–ढोडनी सडकमा बेस बिछ्याउने काम सकिएर सब–बेस बिछ्याउने काम सुरु भएकाले माझीबस्ती–निरयघाट कालोपत्रे सकिएलगत्तै सो सडकमा कालोपत्रको काम हुने इन्जिनियर शर्माले जानकारी दिनुभयो । यो सडकमा स्ट्रक्चर तर्फको सबै काम सकिएको छ भने मुलपानीदेखि तितौरे जोड्ने सडकको दुई किलो मिटर खण्डमा नाली र पर्खाल निर्माणको काम चलिरहेकोले समयमै काम सकिने शर्माले बताउनुभयो ।

विश्व बैँकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोडमा उक्त सडक निर्माण गरेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । ‘हामीले स्ट्रक्चरको काम सकेका छौं, कतिपय स्थानमा सब बेस पनि बिच्छ्याई सक्यौं, नाली निर्माण र पर्खाल लगाउने काम अन्तिम चरणमा छ,’ शर्माले भन्नुभयो, ‘तोकेकै समयमा काम सक्ने लक्ष्य छ ।’ यसअघि विश्व बैँककै सहयोगमा बागलुङको वडा नं. ४ उपल्लाचौरदेखि वडा नं. ६ सम्मको झण्डै ७ किलोमीटर सडक कालोपत्र भैसकेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...