बुद्धको मार्गले सामाजिक एकता र सहअस्तित्व बलियो बनाउँछ : प्रदेश प्रमुख मियाँ

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बुद्धको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नतिमात्रै नभइ सामाजिक एकता र सहअस्तित्वलाई बलियो बनाउने गरेको बताउनुभएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा आज शुभकाना दिनुहुँदै प्रदेश प्रमुख मियाँले यस्तो बताउनुभएको हो । उहाँले सम्पूर्ण नेपाली जनता, बौद्ध धर्मावलम्बीहरुलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गर्नुभएको छ ।

विश्व शान्तिका अग्रदूत एवम् राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्ने प्रदेश प्रमुखको विश्वास छ । उहाँले अहिंसा नै शान्ति र मैत्रीको आधारशिला भएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । समाजमा सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न बुद्धको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने मियाँको विश्वास छ । उहाँले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानव जातिलाई हिंसा र युद्धको बाटो परित्याग गरी अहिंसा, मित्रता र विश्वबन्धुत्वको मार्गमा अग्रसर हुने प्रेरणा मिलोस भनेर शुभकामना व्यक्त गर्नुभएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...