नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ छैन: मन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले व्यवहारिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । मङ्गलवार सुर्खेतबाट दैनिक प्रकाशन हुँदै आएको युग आह्वान राष्ट्रिय दैनिकको २५ औ रजत जयन्तीको समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले एक बर्षमा र २०८४ सालसम्म सम्पन्न गरिसक्ने गरी कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले प्रधानमन्त्री राष्ट्रपतिलगायतको नाम ल्याइएका कार्यक्रम प्राथमिकता नदिएर अध्ययन भएका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले राम्रो काम गर्ने मान्छेलाई खोजाखोजी सिद्ध्याउने काम भइरहेको बताउनु भयो । खास गरी सामाजिक सञ्जाल मार्फत यो मनपरी गरिरहेकोले यस लाइ रोक्न सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक ल्याएको र सांसदबाट पास गरिने बताउनु भयो । नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिपरेको उहाँको भनाइ छ । अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको र संविधान भन्दा ठुलो केही नहुने भन्दै सबैले देशको कानुन मान्नु पर्ने मन्त्री गुरुङले बताउनु भयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...