नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ छैन: मन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले व्यवहारिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । मङ्गलवार सुर्खेतबाट दैनिक प्रकाशन हुँदै आएको युग आह्वान राष्ट्रिय दैनिकको २५ औ रजत जयन्तीको समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले एक बर्षमा र २०८४ सालसम्म सम्पन्न गरिसक्ने गरी कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले प्रधानमन्त्री राष्ट्रपतिलगायतको नाम ल्याइएका कार्यक्रम प्राथमिकता नदिएर अध्ययन भएका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले राम्रो काम गर्ने मान्छेलाई खोजाखोजी सिद्ध्याउने काम भइरहेको बताउनु भयो । खास गरी सामाजिक सञ्जाल मार्फत यो मनपरी गरिरहेकोले यस लाइ रोक्न सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक ल्याएको र सांसदबाट पास गरिने बताउनु भयो । नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिपरेको उहाँको भनाइ छ । अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको र संविधान भन्दा ठुलो केही नहुने भन्दै सबैले देशको कानुन मान्नु पर्ने मन्त्री गुरुङले बताउनु भयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...