धिरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीलाई तीन अङ्क

Published on

काठमाडौँ । शहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युथका स्ट्राइकर धिरेन्द्रबहादुर शाहको प्रतिबन्ध अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फुकुवा गरेको छ । धिरेन्द्रको प्रतिबन्ध फुकुवासँगै एन्फाको अपिल समितिले सरस्वतीलाई बस्ती युथ क्लबविरुद्धको नतिजा उल्ट्याएर तीन अङ्क दिइएको छ । एन्फाले मङ्गलबार सरस्वतीलाई पत्र पठाउँदै धिरेन्द्रको प्रतिबन्ध फुकुवा गरेकोले उहाँले लिगका बाँकी तीन खेल खेल्न पाउने निर्णय गरेको हो । तीन अङ्क थपिएसँगै सरस्वतीको रेलिगेसन डर टरेको छ । यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले धिरेन्द्रलाई खेलमा प्रतिबन्ध गरेको थियो । नयाँ बस्ती युथ क्लबका टिम म्यानेजर विकास राईले चैत ७ गते सरस्वतीविरुद्धको खेलमा धिरेन्द्रविरुद्ध उजुरी गर्नुभएको थियो ।

उजुरीमा धिरेन्द्रले विभिन्न मितिमा टुसाल र सरस्वतीसँग लिग खेल्न सम्झौता गरेको दाबी गरिएको थियो । धिरेन्द्रले २०७९ ‘बी’ डिभिजन लिगका लागि टुसालसँग सम्झौता गर्नुभएको थियो । तर लिग समयमै नभएपछि उहाँ जारी लिगका लागि सरस्वतीमा अनुबन्ध हुनुभएको थियो । धिरेन्द्रको फुकुवा भएकै दिन मङ्गलबार सरस्वती क्लबले वीरगन्ज युनाइटेड क्लबमाथि सहज जित निकालेको छ । एन्फा मैदान सातदोवाटोमा भएको खेलमा सरस्वतीले वीरगन्जलाई ३–० गोलले हरायो । सरस्वतीलाई जित दिलाउन ज्ञानेन्द्र जोशी, नरेशकुमार खत्री र धिरेन्द्रबहादुर शाहले गोल गर्नुभयो । जितसँगै ११ खेलबाट १५ अङ्क बनाएको सरस्वती आठौँ स्थानमा उक्लिएको छ । पराजित वीरगन्ज चौथो स्थानमा झरेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...